इटहरी ।  सुनसरीको झुम्का कारागारबाट फरार रहेका दुई कैदीबन्दी झापामा पक्राउ परेका छन्। मेचीनगर–६ स्थित  इलाका प्रहरी कार्यालय काँकडभिट्टा र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। राजस्व छलि मुद्दामा कैद भुक्तान गरिरहेका ५२ वर्षीय मदन पोखरेल र ५८ वर्षीय उत्तम ठकुरी जेनेजी आन्दोलनका क्रममा गत भदौ २४ गते झुम्का कारागारबाट फरार भएका थिए । विशेष सूचनाको आधारमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।