भोजपुर | भोजपुरको अरूण गाँउपालिकामा रहृको श्री शारदा माध्यमिक विद्यालयको ७४औँ वार्षिकोउत्सव तथा अभिभावक दिवस मङ्सिर १२ गतेदेखि १५ गतेसम्म विविध कार्यक्रमसहित भव्यरूपमा  सम्पन्न भएको छ । वार्षिकोउत्सवको अवसरमा विद्यालयले सांस्कृतिक नृत्य, खेलकुद (हाइ जम्प, लङ्ग जम्प, रनिङ, छेलो) लगायतका प्रतियोगिताहरू सञ्चालन गरेको थियो। उक्त कार्यक्रम सँगै वडा नं. ३ भित्रका प्रावि तह (कक्षा १ देखि ५) का विद्यालयबीच हाजिरी-जवाफ प्रतियोगिता पनि आयोजना गरिएको थियो।

मूल समारोहको प्रमुख अतिथि अरुण गाउँपालिकाका अध्यक्ष शालिग्राम खत्री रहेका थिए  भने विद्यालय व्यवस्थापन समिति अध्यक्ष कुमार कार्की, गाउँपालिकाकी उपाध्यक्ष बिनिता ढकाल, प्रमुख प्रशासकीय अधिकृत जितमा जिमी, शिक्षा शाखा प्रमुख मोहनसिंह साउद, विद्यालय व्यवस्थापन समिति, अभिभावक, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा विभिन्न गुठीदाताहरूले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरी प्रोत्साहन गरेका थिए। साथै, आगामी वर्ष पर्ने ७५औँ वार्षिकोत्सवलाई ‘हिरक महोत्सव’का अवसरमा  भव्य रूपमा मनाइने जानकारी प्रधानाध्यापक श्यामसुन्दर शाहले दिनुभयो।