संखुवासभा |  “स्वच्छ समाज, स्वस्थ समाज” भन्ने मुख्य नाराका साथ संखुवासभाको मादी नगरपालिका वडा नं. ६ का युवाहरूले सरसफाइ गरेका छन्। स्थानीय युवाहरूको पहलमा भएको सो अभियानमा विभिन्न संघ–संस्था, विद्यालय तथा जनप्रतिनिधिहरूको उल्लेखनीय सहयोग प्राप्त भएको आयोजकहरूले जनाएका छन्।

यस्तो अभियान सामुदायिक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण रहेको र यसले समाजमा स्वच्छता र स्वास्थ्यप्रति सकारात्मक संदेश पुगेको संयोजक शिवराज बस्नेतले जानकारी दिए ।

उनीहरूले आगामी दिनमा पनि यस्तै सामाजिक तथा सामुदायिक हितका कार्यक्रमहरूमा निरन्तर सक्रिय रहने प्रतिबद्धता रहेको सचिव मनिस बस्नेतले जानकारी दिए ।

अभियानलाई आर्थिक, भौतिक तथा नैतिक रूपमा सहयोग गर्ने मादी स्काउट दलका स्काउट शिक्षक तथा स्टाफ, प्यारा स्काउट सदस्यहरू, भगवती आ.वि. पुलुङ्गका शिक्षक–स्टाफ र विद्यार्थीहरू  यस्तै, मादी नगरपालिका वडा नं. ६ का जनप्रतिनिधि तथा वडा कर्मचारीहरू, साथै प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ–सहयोग गर्ने गरेका थिए ।IMG_20251202_122029