सुन्दरहरैंचा, मिलन अधिकारी । सुन्दरहरैंचा गछिया युवा समाजको आयोजनामा जारी अन्तर्राष्ट्रिय आमन्त्रण एनि प्रथम गछिया गोल्डकप–२०८२ अन्तर्गत आजको तेस्रो खेलमा गाईघाट युनाइटेड फुटबल क्लब (उदयपुर) र जलथल फुटबल क्लब (झापा) मैदान विच खेल हुँदै छ   ।

 दुवै टोलीले आफ्नो–आफ्नो समूहबाट विजयी यात्रा सुरु गर्ने लक्ष्यसहित आज दिउँसो ३ बजे सुन्दरहरैचा गछिया मैदानमा प्रतिस्पर्धा गर्नेछन् ।

दुवै टोली बलियो र प्रतिस्पर्धी मानिएकाले आजको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ । विजयी टोली सेमिफाइनलमा प्रवेश गर्नेछ । प्रतियोगिताका अन्तर्गत बाँकी खेल तथा सेमिफाइनल तालिका आयोजकले चरणबद्ध रूपमा सार्वजनिक गर्दै जाने गछिया युवा समाजका अध्यक्ष सरोज दाहालले बताउनु भयो । 

  आवश्यक सम्पूर्ण तयारी पूरा भएको र आजको खेलमा दर्शकको उत्साहजनक उपस्थितिको अपेक्षा गरिएको खेल संयोजक प्रलाद थोप्रा लिम्बूले जानकारी दिनु भएको छ ।


FB_IMG_1764732644530