सुन्दरहरैंचा, मिलन अधिकारी । सुन्दरहरैंचा गछिया युवा समाजको आयोजनामा जारी अन्तर्राष्ट्रिय आमन्त्रण एनि प्रथम गछिया गोल्डकप–२०८२ अन्तर्गत आजको क्वार्टरफाइनल अन्तिम खेल राष्ट्रिय जागृती फुटबल क्लब इटहरी र दमक फुटबल क्लबबीच गछिया खेलमैदानमा हुँदैछ ।
दुवै टोली आफ्नो समूहबाट विजयी यात्रा सुरु गर्ने लक्ष्यसहित आज दिउँसो २:३० बजे प्रतिस्पर्धा गर्नेछन्। बलियो र प्रतिस्पर्धी टोली मानिएका कारण आजको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ।
विजयी टोली सेमिफाइनलमा प्रवेश गर्नेछ । बाँकी खेल तथा सेमिफाइनल तालिका आयोजकले चरणबद्ध रूपमा सार्वजनिक गर्दै जानेछन्, अध्यक्ष सरोज दाहालले जानकारी दिनुभयो ।
खेल संयोजक प्रलाद थोप्रा लिम्बूका अनुसार आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ र दर्शकको उत्साहजनक उपस्थितिको अपेक्षा गरिएको छ ।



