भोजपुर | भोजपुरको अरुण गाउँपालिकाको आयोजनामा प्रथम अरुण अध्यक्ष कप अन्तरपालिका स्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। चार दिनसम्म चल्ने यस प्रतियोगितामा भोजपुर र धनकुटासहित विभिन्न स्थानीय तहका टिमहरूको उत्साहपूर्ण सहभागिता सुरू भएको हो
उद्घाटन खेलमा पहिलो दिनको खेलमा अरुण गाउँपालिका र भोजपुर नगरपालिकाबीच प्रतिस्पर्धामा २-० को १६ सेटमा अरूण गाँउपालिकाले जितेको छ ।।
भोलि महालक्ष्मी नगरपालिका, आमचोक गाउँपालिका बिच प्रतिस्पर्धा हुने भएको छ ।खेलमा षडानन्द नगरपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाबाट टिमहरू प्रतिस्पर्धामा उत्रिएका छन्।
त्यसपछि मंसिर १९ र २० गते समूह चरणका नौ खेल सम्पन्न हुनेछन्। दुवै समूहबाट उत्कृष्ट दुई–दुई टिम सेमिफाइनलमा प्रवेश गर्ने मंसिर २१ गते फाइनल खेल हुनेछ। पुरस्कार राशी प्रतियोगिताका विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई प्रथम पुरस्कार रु. २ लाख ६६ हजार ६ सय ६६, द्वितीय पुरस्कार २ लाख ,तृतीय पुरस्कार रु. १ लाख र सान्त्वना पुरस्कार रु. ३३ हजार ३ सय ३१ साथै व्यक्तिगत विधाका नगद पुरस्कारहरू पनि प्रदान गरिने भएको हो । साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, सेट्टर, लिब्रो र ब्लक्करलाई पनि विशेष सम्मान पुरस्कार प्रदान गरिनेछ।
गाउँपालिकामा खेलकुद विकास, युवाहरुमा खेलप्रति रुचि अभिवृद्धि र खेलाडीको प्रतिभा पहिचान गर्ने उद्देश्यसहित प्रतियोगिता गरिएको उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले जानकारी दिनुभयो । प्रतियोगिताले अन्तरपालिका मैत्री सम्बन्ध, खेलकुदको प्रवर्द्धन तथा स्थानीय प्रतिभा बाहिर ल्याउन सहयोग गर्ने विश्वास व्यक्त गरेको बताउनुभयो ।
खेलले खेलाडिलाई अगाडि बढाउन महत्त्वपूर्ण सहयोग गर्ने भएका खेल आवश्यक रहेको कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशकापुर्व राजेन्द्र कुमार राईले बताउनुभयो ।
उद्घाटन कार्यक्रममा संविधान सभा सदस्य लोकमणि ढकाल , षडानन्द नगरपालिकाका मेयर सुरेन्द्रकुमार उदाष , गाउँपालिका उपाध्यक्ष बिनिता ढकाल , विभिन्न राजनीति दलका पदाधिकारीहरू , विभिन्न संघ संस्थाका पदाधिकारीहरू लगाएतको उपस्थिति रहेको रहेको छ ।


