सुन्दरहरैंचा, मिलन अधिकारी । सुन्दरहरैंचा गछिया युवा समाजको आयोजनामा जारी एनि प्रथम गछिया गोल्डकप–२०८२ को पहिलो सेमिफाइनल खेल जित्दै गाइघाट युनाईटेड फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ  । 

आज गाइघाट युनाईटेड फुटबल क्लब  र सहलेश युवा क्लब सिराहाको खेलका प्रमुख अतिथि सुन्दरहरैंचा–५ का वडा अध्यक्ष गणेश चौधरी  हुनुहुन्थ्यो । खेल पहिलो हाफमा दुबै टोलीले गोल गर्ने प्रयास गरे पनि कुनै पनि गोल भएन । दोस्रो हाफको ३१ मिनेटमा गाइघाट युनाईटेड फुटबल क्लबका जर्सी नम्बर १७ सुनिल खड्काले  १ गोल गरे । यो गोलले नै  गाईघाट युनाईटेड फुटबल क्लबका लागि गोल्डकपको फाइनल प्रवेश गराएको हो । 

निर्धारित समय सम्म पनि सहलेश युवा क्लब सिराहाले गोल गर्ने प्रयास गरे पनि कुनै पनि गोल गर्ने सकेन । यो सङै १-० को अन्तरले गाइघाट युनाईटेड फुटबल क्लबले फाइनलको यात्रातय गरेको हो । 

आजको ‘म्यान अफ द म्याच’ गाइघाट युनाईटेड फुटबल क्लबका जर्सी नम्बर ८ का विवेद राई भएका छन् । उनलाई ५ हजार १ सय रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । 

  दोस्रो सेमिफाइनलमा  गछिया युवा समाज र  राष्ट्रिय जागृती फुटबल क्लब इटहरी विच सेमिफाइनल खेल भोलि दिउँसो २ बजे  बाट सुरु हुने खेल संयोजक प्रलाद थोप्रा लिम्बुले जानकारी दिनुभएको छ । 

प्रतियोगितामा विजेता टोलीलाई २ लाख १ हजार, उपविजेतालाई १ लाख १ हजार, ‘म्यान अफ द सिरिज’लाई २५ हजार, उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही ११ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । साथै, सुन्दरहरैंचा नगरपालिकाका १२ वडाका २४ जना ज्येष्ठ नागरिकलाई सम्मान र शारीरिक अपांगता भएका २ नागरिकलाई व्हिलचेयर प्रदान गरिनेछ । दीर्घकालीन योगदान दिएका स्थानीय खेलाडीहरूलाई पनि सम्मान गरिने गछिया युवा समाजका अध्यक्ष सरोज दाहालले बताउनु भयो । प्रतियोगिता २२ गतेसम्म सञ्चालन हुनेछ । 

FB_IMG_1764732644530 4