सुन्दरहरैंचा मिलन अधिकारी । सुन्दरहरैंचा गछिया युवा समाजको आयोजनामा जारी अन्तर्राष्ट्रिय आमन्त्रण एनि प्रथम गछिया गोल्डकप–२०८२ अन्तर्गत आज दोस्रो सेमिफाइनल खेल गछिया युवा समाज र राष्ट्रिय जागृती फुटबल क्लब इटहरी विच गछिया खेलमैदान हुँदै छ ।
गछिया युवा समाजले ७-० अन्तरले लिनेण्ड फुटबल क्लब भारतलाई हराएको थियो । भने, राष्ट्रिय जागृती फुटबल क्लबले २-० को अन्तरले दमक फुटबल क्लबलाई हरार्को थियो ।
दुवै टोलीले आफ्नो–आफ्नो समूहबाट विजयी यात्रा सुरु गर्ने लक्ष्यसहित आज दिउँसो २ बजे सुन्दरहरैचा गछिया मैदानमा प्रतिस्पर्धा गर्नेछन् ।
दुवै टोली बलियो र प्रतिस्पर्धी मानिएको छ भने, खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ । विजयी टोली फाइनलमा प्रवेश गर्नेछ । प्रतियोगिताका अन्तर्गत फाइनल खेल २२ गते हुने, गछिया युवा समाजका अध्यक्ष सरोज दाहालले बताउनु भयो ।
खेल संयोजक प्रलाद थोप्रा लिम्बूका अनुसार आवश्यक सम्पूर्ण तयारी पूरा भएको र आजको खेलमा दर्शकको उत्साहजनक उपस्थितिको अपेक्षा गरिएको छ ।
यस अघि हिजो भएको पहिलो सेमिफाइनल खेलमा उदयपुर गाईघाट युनाइटेड फुटबल क्लब फाइनलमा प्रवेश गरि सकेको छ । उ


