इटहरी, पुस — नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखाले इटहरी–१६ स्थित सिर्जनशील बाल विकास केन्द्रका २६ जना बालबालिकालाई न्यानो कपडा (स्वीटर) वितरण गरेको छ।
इटहरी–१६का वडाध्यक्ष तेज चौधरीको प्रमुख आतिथ्य र इटहरी रेडक्रस उपशाखाका सभापति दिनेश भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाल विकास केन्द्र सुधारका लागि थुप्रै आवश्यकताहरू रहेको कुरा प्राध्यापक/केन्द्रका प्रतिनिधिले जानकारी गराएका थिए।

कार्यक्रमका क्रममा केन्द्रमा बस्नका लागि कुर्सीको अभाव रहेको जानकारी आएपछि इटहरी रेडक्रस उपशाखाले १० थान कुर्सी प्रदान गर्ने घोषणा गरेको हो।
समुदायमै आधारित सामाजिक सेवामा अग्रणी इटहरी रेडक्रसले यस्ता सहयोगात्मक गतिविधिबाट बालबालिकाको हकहित तथा सहज सिकाइ वातावरण सुदृढ हुने विश्वास व्यक्त गरेको छ।


