इटहरी | इटहरीस्थित ज्योति माध्यमिक विद्यालयले कक्षा १२ का विज्ञान विषय अध्यनरत विद्यार्थी र सिभिल इन्जिनियर अध्ययनरत ४४ जना विद्यार्थीहरूलाई शैक्षिक भ्रमण गराएको छ ।

विद्यार्थीहरूलाई किताबी ज्ञानमा मात्र सीमित नराखी व्यवहारिक, सांस्कृतिक र भौगोलिक ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त भ्रमण स्मार्ट सजिलो ट्राभल एन्ड टुर प्रा.लि.को व्यवस्थापनमा सफलतापूर्वक सम्पन्न भएको हो। स्मार्ट सजिलो ट्राभल एन्ड टुर प्रा.लि.को व्यवस्थापनमा सम्पन्न उक्त ६ दिने भ्रमण अन्तर्गत विद्यार्थी तथा शिक्षकहरूलाई तनुहको बन्दिपुर , पोखरा, मनाङ–मुस्ताङ ,मुक्तिनाथ मन्दिर ,गोरखाको मनकामना मन्दिर, चितवन ,गलेश्वर, रूप्से झरना, सौराहा, गोल्डेन सस्पेन्सन पुल, बेनी बजार, जोमसोम बजार ,मर्स्याङ्गदी जलविद्युत आयोजना र बागमति जलविद्युत आयोजना तथा लगायतका पर्यटकीय तथा धार्मिक स्थलहरूको अवलोकन गराइएको थियो।

ज्योति माध्यमिक विद्यालय इटहरी क्षेत्रकै शैक्षिक गुणस्तर, अनुशासन र अतिरिक्त क्रियाकलापमा सक्रिय विद्यालयका रूपमा चिनिँदै आएको छ। विद्यालयले नियमित पठनपाठनसँगै विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि शैक्षिक भ्रमण, खेलकुद, सामाजिक तथा सृजनात्मक कार्यक्रमहरूलाई विशेष प्राथमिकता दिँदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इश्वर विक्रम शाहले जानकारी दिनु भयो ।

विद्यालयका प्रधानध्यापक  चिरञ्जीवी भट्टराईका अनुसार विद्यार्थीहरूलाई कक्षा कोठामा पढाइने विषयवस्तुलाई प्रत्यक्ष अनुभवमार्फत बुझाउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको हो। “किताबी ज्ञानसँगै व्यवहारिक ज्ञान प्रदान गर्नु आजको शिक्षाको आवश्यकता हो,” उनले भने, “यस्ता भ्रमणले विद्यार्थीहरूमा आत्मविश्वास, अनुशासन, सामाजिक चेतना र सांस्कृतिक बुझाइ बढाउँछ।”

भ्रमणमा सहभागी विद्यार्थी विशाल पराजुलीले कक्षा कोठाको सैद्धान्तिक ज्ञानभन्दा बाहिर विभिन्न भौगोलिक, धार्मिक र सांस्कृतिक स्थलहरूमा पुगेर प्रत्यक्ष अनुभव लिन पाउँदा निकै उत्साहित भएको प्रतिक्रिया दिए। उनले स्मार्ट सजिलो ट्राभल एन्ड टुर प्रा.लिको व्यवस्थापन सुरक्षित, व्यवस्थित र सहज रहेको भन्दै सन्तुष्टि व्यक्त गरे।

शैक्षिक भ्रमणको व्यवस्थापन गरेको स्मार्ट सजिलो ट्राभल एन्ड टुर प्रा.लि. इटहरीमा स्थापित एक विश्वसनीय ट्राभल तथा टुर कम्पनी हो। कम्पनीले देशभित्र तथा बाहिर शैक्षिक, धार्मिक, मनोरञ्जनात्मक तथा संस्थागत भ्रमण सेवा प्रदान गर्दै आएको छ।1767192961659

कम्पनीका सञ्चालक गणेश अधिकारीका अनुसार विद्यार्थी लक्षित भ्रमणमा विशेष सुरक्षा, आराम र अनुशासनलाई ध्यान दिइन्छ। “हामीले आरामदायी सवारी साधन, गुणस्तरीय होटल बसाइ, अनुभवी टुर गाइड, स्वादिष्ट तथा स्वास्थ्यकर खाना सहित सम्पूर्ण सेवा सुविधा उपलब्ध गराउँदै आएका छौं,” उनले बताए। भ्रमणका क्रममा विद्यार्थीहरूलाई विभिन्न स्थानको ऐतिहासिक, धार्मिक र सामाजिक महत्वबारे जानकारी दिँदै मनोरञ्जनात्मक वातावरण सिर्जना गरिएको पनि उनले जानकारी दिए।IMG_20251231_204150

ट्राभल कम्पनीले पछिल्लो समय विद्यालय, कलेज, संघ–संस्था, युवा समूह तथा परिवार लक्षित शैक्षिक तथा मनोरञ्जनात्मक भ्रमण कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यस किसिमका कार्यक्रमले विद्यार्थीहरूको ज्ञान अभिवृद्धिसँगै आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने शैक्षिक भ्रमण व्यवस्थापक तथा शिक्षक देवेन्द्र शाहले जानकारी दिए । विद्यार्थीहरूलाई भ्रमण गराएर मनोरञ्जन सँगै आपसि सम्बन्ध समेत बढेको शिक्षक सुमन भट्टराईलेले बताए ।

ज्योति माध्यमिक विद्यालय र स्मार्ट सजिलो ट्राभल एन्ड टुर प्रा.लि.को सहकार्यमा सम्पन्न उक्त शैक्षिक भ्रमणले विद्यार्थी, अभिभावक तथा विद्यालय प्रशासन सबैबाट सकारात्मक प्रतिक्रिया पाएको छ।1767192971278