धनकुटा । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मिलेर अगाडी बढ्न सकिने बताउनु भएको छ । आईतबार नेपाली कम्युनिस्ट पार्टी धनुटाले गरेको पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै सह–संयोजक नेपालले यस्तो बताउनु भएको हो ।
सह–संयोजक नेपालले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलने पश्चात् पछिल्लो राजनैतिक घटनाक्रमले आगमी चुनावमा चुनौति रहेकाले प्रस्ताव आए ठूला दलसँग मिलेर अगाडी बढ्न तयार रहेको बताउँनु भयो । त्यसका लागि निर्णायक दुई ठूला दलको भूमिका रहेको बताउँदै उहाँले त्यसका लागि आफू तयार रहेको धारण व्यक्त गर्नुभयो । तर एउटा जता ढल्क्उयो त्यतै जाने भन्दा पनी सवैलाई सहज ढंगले एैकेबद्धता भएर अगाडी लिएर बढ्दा उचित हुने उहाको भनाई रहेको थियो । उहाँले भन्नु भयो अरेका भरमा सत्यतथ्य नबुझि हाहा र हुहुको भरमा अगडी जान खोज्नु भन्दा बुझेर राजनिमा पाईला चाल्नु उचित रहेको बताउँदै आफ्नो पार्टी एकतामा लागेको समेत यहाँको भनाई रहको थियो ।
यस्तै उहाँले भन्नु भयो गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनको माग जायज थिए तर घुसपैठका कारण देशको स्थिती भयानावक भएको बताउँनु भयो । त्यस पश्चात् देश संकटका हुँदा सुरक्षाका निमित्तद ठूला दल मानिने नेपाली कांग्रेस र नेकपा एमाले देश रक्षा गर्नुपर्ने ठाउँमा भित्रबाट बाहिर ननिस्किएको आरोपा लगाउँनु भयो । संकटका बेला राष्ट्रपतिले बोलाउँदा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी एकिकृत समावबादीकोतर्फ बाट आफू मात्रै निस्किएर राष्ट्रपतिलाई भेट्न गएको तर आफूबाहेक ठूलादल बाहिर नआएको समेत बताउनु भयो ।
सयौ हात हतिया लुटिएका छन्, प्रहरी प्रशासनका भवन जालाईएको छ, चुनाव सम्भव छ ? भन्ने पत्रकारहरुको प्रश्नमा उहाँले भयो सवै सुरक्षा निकायसँग छलफल र कुराकानी भई रहेको बताउँदै सामान्य अवस्था छ चुनाव हुन्छ उहाँले जवाफ दिनुभयो । उहाँले संस्द पुनस्थापना अदालतबाट आदेश फौसला र विषेश परिस्थितीमा हुने बताउँदै चुनावको विकल्प नरहेको समेत बताउँनु भयो । गणतन्त्र, संघियताको रक्षा गर्न चुनाव तोकिएकै मितिमा हुनु पर्ने बताउँनु भयो । उहाँले भन्नु भयो संविधान रक्ष गर्ने जिम्मा हाम्रो रहेको र चुनाव छिटो सम्पन्न हुनुपर्ने चुनावको बिकल्पन नरहेको बताउँदै संघियता रक्षका लागि सबै लाग्नु पर्ने समेत उहाँको भनाई रहेको थियो ।
पूर्वमन्त्री तथा पार्टीका सह–संयोजक नेपाल पार्टी एकता सभालाई सम्बोधन गर्न संखुवासभा हुँदै शनिबार एकता सभालाईलाई सम्बोधन गर्न धनकुटा आउनु भएको थियो । उहाँ आज आईतबार ईटहरीमा हुने एकता सभाको सम्बोधन सकेर काठामाडौ फर्किने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।


