इटहरी । इटहरी विद्युतीय व्यवसायी सङ्घको १६ औँ साधारण सभा तथा आठौँ अधिवेशन सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष दिपेन्द्र रिजालको अध्यक्षता तथा महासङ्घका केन्द्रीय  अध्यक्ष दिलीप कुमार अग्रवालको प्रमुख आतिथ्यतामा  भएको हो। अधिवेशनबाट सिबु दाहालको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष दिपेन्द्र रिजाल,उपाध्यक्ष गङ्गा कार्की पौडेल,सचिव खगेन्द्र खतिवडा, कोषाध्यक्ष शितल धिताल, सदस्यहरू सुजन राजधानी, सुमन पराजुली, सबिता बस्नेत राई र हेमन्त पौडेल चयन हुनुभएको छ।

विद्युतीय व्यवसायीहरूको हक–हितको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय रहँदै आएको उक्त संस्थाको कार्यक्रममा महासङ्घका केन्द्रीय सल्लाहकार तथा इटहरी विद्युतीय व्यवसायी सङ्घका संस्थापक अध्यक्ष लक्ष्मीप्रसाद धिताल, महासङ्घका कोशी प्रदेश संयोजक चन्द्रमणि देवकोटा, पूर्व अध्यक्षहरू विष्णुप्रसाद शर्मा पौडेल र पुरुषोत्तम दाहाल विभिन्न जिल्ला तथा नगरका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन संस्थाका उपाध्यक्ष ढुण्डिराज गुरागाईंले गर्नुभएको थियो ।  विद्युतीय व्यवसायी सङ्घको इतिहासमै पहिलो पटक महिला नेतृत्व चयन हुनु सकारात्मक भएको बताउँदै, यसले व्यवसायीहरूको हक–हितका लागि अझ प्रभावकारी काम हुने अपेक्षा रहेको प्रमुख अतिथि केन्द्रीय अध्यक्ष अग्रवालले बताउनुभयो।