संखुवासभा | संखुवासभाको मादी नगरपालिका–३, मुलखर्कमा भएको ४७ औँ अन्तर्राष्ट्रिय आमन्त्रित हाङथुम कप पुरुष फुटबल प्रतियोगिता–२०८२ को उपाधी डि वाई सी सांगुरिगढी, भेडेटार धनकुटाले हात पारेको छ ।
शनिबार सम्पन्न फाइनल खेल डि वाई सी सांगुरिगढी, भेडेटार धनकुटा र भारतको दुधे फुटबल क्लब, दार्जिलिङ विच भएको थियो ।
डि वाई सी धनकुटाले, भारतलाई ४–१ गोल अन्तरले पराजित गर्दै उपाधी संगै नगद रु. २,४२,२२२ ट्रफी मेडल प्रमाणपत्र हात परेको हो ।
पहिलो हाफको १७ औँ मिनेटमा जर्सी नम्बर ९ का सन्दीप लिम्बुले गोल गर्दै खाता खोलेका थिए, पहिलो हाफ कै २७ औँ मिनेटमा जर्सी नम्बर १० का युजन राई अर्को गोल थपेका थिए । त्यस्तै दोस्रो हाफको ९ औँ मिनेटमा युजन राईले व्यक्तिगत तर्फ दोस्रो टिमको तर्फबाट तेस्रो, गोल गरेका हुन । धनकुटाका दोस्रो हाफको ३५ औँ मिनेटमा जर्सी नम्बर ११ का नितेश लिम्बूले थप १ गोल गर्दै तर्फबाट चौथो गोल, गरे ।
त्यस्तै भारतको दुधे फुटबल क्लब, दार्जिलिङले दोस्रो हाफको २४ औँ मिनेटमा जर्सी नम्बर ११ का नयन प्रधानले १ गोल गरेका थिए । उपविजेता बन्दै १,२१,१११ मेडल ट्रफी प्रमाणपत्रमा चित्त बुझायो ।
साथै व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी धनकुटाका राजु मगरले १६,५०० सहित उपाधी हात परेका हुन । सर्वाधिक गोलकर्ता डि वाई सी धनकुटाका नितेश लिम्बू बने । उत्कृष्ट गोलरक्षक भारतको दुधे फुटबल क्लब, दार्जिलिङका रुपक कोय भएका छ्न । उनीहरुलाई जनही रु. ६,००० सहित उपाधी प्रदान गरियो । उदयमान खेलाडी हाङथुम क्लबका खेलाडी हेमन्त खड्का घोषित भए ।
प्रतियोगिताको समापन समारोहमा क्लबका अध्यक्ष असिम जिमीको सभाध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथि सेभेन सुम्मित ट्रेकका प्रबन्धक निर्देशक मिङ्मा शेर्पा उपस्थित रहनुभएको थियो । कार्यक्रममा बोल्दै शेर्पाले आगामी साल हुने खेलको प्रथम पुरस्कार दिने घोषणा गर्दै, खेल मैदानलाई व्यवस्थित गर्नु पर्नेमा जोड दिनु भएको छ ।
हाङथुम क्लबले फुटबल खेलको विकास, आधुनिकीकरण र खेलाडीको व्यावसायिकरण गर्ने उद्देश्यले २०३५ सालदेखि निरन्तर प्रतियोगिता आयोजना गर्दै आएको क्लबका अध्यक्ष असिम जिमीले बताउनु भयो । प्रतियोगितामा नेपाल र भारतका गरी ८ टोलीको सहभागिता रहेका थिए ।

