इटहरी । वराहक्षेत्र नगरपालिकामा सातौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८२ सुरु भएको छ । नगरपालिकाको आयोजनामा सुरु प्रतियोगितामा नगरपालिका भित्र रहेका सामुदायिक , संस्थागत तथा धार्मिक माध्यमिक तहका बिद्यालयको सहभागिता रहेको छ ।

बिहिबारबाट सुरु प्रतियोगिताको नगर प्रमुख रमेश कार्कीले उद्घाटन गर्नुभयो । प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख रमेश कार्कीले विद्यालयस्तर देखि नै खेलाडी उत्पादन गर्न राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको महत्वपूर्ण भूमिका रहेको बताउनुुभयो । पालिकास्तरीय प्रतियोगिताबाट छनौट भएका खेलाडीले जिल्ला, प्रदेश हुँदै केन्द्रीयस्तरको प्रतियोगितामा सहभागिता जनाउने उहाँले बताउनुभयो ।

उहाँले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेलाडी उत्पादन गर्ने महत्वपुर्ण रहेको जिकिर गर्नुभयो । उहाँले प्रतियोगिताले विद्यार्थी–विद्यार्थीबीच र विद्यालय–विद्यालयबीच प्रतिस्पर्धी क्षमताको विकास गर्दै सम्बन्ध विस्तारमा समेत सहयोग पुग्ने दाबी गर्नुभयो । तीन दिनसम्म हुने प्रतियोगितामा नगर भित्र रहेका माध्यमिक तहका सामुदायिक , संस्थागत , धार्मिक  विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सल आर्ट लगायतका विधाका खेलमा विद्यार्थी खेलाडीले प्रतिस्पर्धा गर्ने वराहक्षेत्र नगरपालिका शिक्षा बिकाश शाखाका प्रमुख उत्तमराज भारतीले जानकारी दिनुभयो ।

बसन्तऋतृ माध्यमिक बिद्यालयको खेलमैदानमा नगर खेलकुद बिकाश समितिका अध्यक्ष कपिल आचार्यको सभाध्यक्षतामा उद्घाटन समारोह आयोजना भएको थियो । उद्घाटन समारोहमा बिद्यार्थीहरुले मार्चमार्स , सांस्कृतिक नृत्य , खेलाडीहरुले कराते कात्ता प्रस्तुत गरेका थिए ।  उद्घाटन कार्यक्रममा नगर उपप्रमुख नन्दकुमारी सुनुवार , प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल विशिष्ट अतिथि रहनुभएको थियो । समारोहमा वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु , बिद्यालयका प्रध्यनाध्यापकहरु , सुरक्षा निकायका प्रमुख , संघसंस्थाका प्रतिनिधिहरु , खेल शिक्षक , प्रशिक्षक , निर्णायकहरुको आतिथ्यता रहेको थियो ।