इटहरी । चर्च ब्याइज युनाइटेड काठमाडौ २६ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको खेलमा झापा–११ लाई ट्राइबेकरमा ३–१ गोलले पराजित गर्दै चर्च ब्याइजले फाइनल यात्रा तय गरेको हो । निर्धारित समयसम्म खेल २–२ बराबरीमा सकिएपछि निर्णय ट्राइबेकरबाट गरिएको थियो । उपाधिका लागी चर्च ब्याइजले अव शनिबार प्लानिङ ब्वाइज युनाइटेडको सामना गर्ने छ । ट्राइबेकरमा चर्च ब्याइजका गोलरक्षक प्रमिजय गच्छदार नायक बने ।
उनले झापाका रोहन थापा मगर, राजेश दाहाल र गौरभ धिमालका प्रहार रोक्दै आफ्नो टोलीलाई फाइनल पु¥याए । झापाका लागि प्रसान्त लक्समले मात्र गोल गर्न सफल भए । ट्राइबेकरमा उत्कृष्ट प्रदर्शन गर्दै तीन गोल बचाएका गच्छदार म्यान अफ दि म्याच घोषित भए र नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । चर्च ब्याइज का लागी ट्राइबेकरमा एरिक विष्ट , रोहन कार्की र सुदिप श्रेष्ठले गोल गरेका थिए ।
खेलको ३ मिनट मै चर्च ब्याइजका लागी मिलन राई र १७ औ मिनेटमा यभियामी फुकुने गोल गरेका थिए भने २८ औ मिनेटमा अभिसेक लामाले आत्मघाती गोल गरेका थिए । उनको आत्माघाति गोल सगै खेल २ –१ मा पहिलो हाफ सकिएको थियो । खेलको ६१ औ मिनेटमा आरोन थापा मगरले फ्रिकिक मार्फत गोल गर्देै खेल २–२ बराबरीमा पुर्एका थिए ।
फागुन २ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ट्रफी, मेडल सहित नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ । साथै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई डियो स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।


