इटहरी । मोरङको मिक्लाजुङ गाउँपालिका–९ का युवा व्यवसायी संगीत शाहले मधुमल्ला बजारबाट बजाज कम्पनीका अटोहरूको आधिकारिक शोरूम सञ्चालनमा ल्याउनुभएको छ ।
लामो समयदेखि अटो मर्मत तथा पाट्र्स व्यवसायमा सक्रिय शाहले अब आफ्नै शोरूममार्फत सेवा विस्तार गर्नुभएको हो । करिब ११ वर्षअघि आफ्नै घरबाट अटो मर्मत कार्य सुरु गरेका शाहले अनुभव र मेहनतको आधारमा व्यवसायलाई विस्तार गर्दै मधुमल्लामा सुविधा सम्पन्न शोरूम स्थापना गर्नुभएको हो ।
शोरूममा बजाज कम्पनीका अटो उपलब्ध हुनुका साथै पुराना अटोहरूको डेन्टिङ, पेन्टिङ तथा जुनसुकै कम्पनीका अटो मर्मत सेवा प्रदान गरिँदै आएको छ । साथै विभिन्न मोडेलका अटो, बाइकका पाट्र्स, ब्याट्री, मोबिल, लाइट र टायर पनि सुपथ मूल्यमा बिक्री गरिँदै आएको उहाँले बताउनुभयो । शाहको अटो सर्भिसमा हाल चार जना युवाले रोजगारी पाएका छन् । सानै उमेरदेखि साइकल मर्मत गर्दै आएका शाहले समयसँगै बजारको माग अनुसार अटो पाट्र्स व्यवसायतर्फ लागेको बताउँनुभयो ।
दमक, उर्लाबारी, पथरी र मधुमल्ला आसपासका धेरैजसो अटो व्यवसायी तथा सवारीधनीहरू अटो बिग्रिएमा आफ्नै ग्यारेजमा आउने गरेको शाहको भनाइ रहेको छ । गाडी गुड्न नसक्ने अवस्थामा आफू नै सम्बन्धित स्थानसम्म पुगेर सेवा दिने गरेको उहाँले बताउनुभयो । हाल मधुमल्लाको नब बुद्ध पेट्रोल पम्पमाथि पूर्वपट्टि आफ्नै शोरूम सञ्चालनमा ल्याइएको छ । ग्राहकलाई गुणस्तरीय सेवा र ग्यारेन्टीसहितका पाट्र्स सुपथ मूल्यमा उपलब्ध गराउने लक्ष्यसहित व्यवसाय अघि बढाइएको शाहले जानकारी दिनुभयो ।


