इटहरी | इटहरीको गार्डेन मन्टेश्वरी स्कुलले १२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
स्कुलले शनिबार कार्यक्रम आयोजना गरि ग्रीन गार्डेन मन्टेश्वरी स्कुलकी संस्थापक अध्यक्ष दिपा कोइरालाको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाका उपप्रमुख संगिता कुमारी चौधरीको प्रमुख अतिथिमा इटहरी वडा नम्बर १ मा रहेको विद्यार्थीहरूलाई पठनपाठन सहज पुर्याउदै आएको स्कुलले १२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस बिविध कार्यक्रम गरेर दिवसको मनाएको छ ।
स्कुलका विद्यार्थीहरूले गायन ,नृत्य ,नाटक प्रस्तुत गरेका थिए । स्कुलका दुई जना शिक्षकलाई सम्मान समेत गरिएको थियोे ।
पिजी देखि कक्षा ५ सम्म अध्ययनरत बिद्यार्थीले आँफै चलाएको कार्यक्रममा बिद्यार्थीले बाजा समेत आँफै बजाएका थिए । स्कुलले हरेक कार्यक्रमहरु फरक एवं रोचक तरिकाले गर्ने गरेको र यो कार्यक्रममा पनि फरक स्वाद भेटिएको भन्दै कार्यक्रममा उपस्थित अभिभावकहरु मख्ख देखिन्थे । स्कुलको पठनपाठन शैलि फरक रहेको र स्कुलका हरेक कार्यक्रमहरु फरक रहने गरेको अभिभावकहरुको प्रतिकृया थियो ।
विद्यार्थीहरूलाई विगत २०७० सालदेखि सहज पठनपाठन गर्दै आएको प्रिन्सिपल तारा श्रेष्ठले बताउनुभयो ।
विद्यालयले विद्यार्थीहरूको लागि शैक्षिक क्षेत्र सँगसँगै चौथर्पी विकास गरेको अभिभावक मौसम भट्टराईले बताउनुभयो।
विद्यार्थीहरूले प्रस्तुति क्षमता विकास हुने साथै स्कुलले विद्यार्थीको चाहना अनुहार शिक्षा दिदै आएको ग्रीन गार्डेन मन्टेश्वरी स्कुलकी संस्थापक अध्यक्ष दिपा कोइरालाले बताउनुभयो ।
इटहरीमा विद्यार्थीहरूलाई पठनपाठनका लागि अभिभावकहरूको मन जित्दै आएको प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाका उपप्रमुख संगिता कुमारी चौधरीले बताउनुभयो । विद्यार्थीहरूलाई संस्कार संस्कृति सिकाएर नैतिक शिक्षा सिकाउन सिकाउन आवश्यक रहेको उहाँको भनाइ छ ।
कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष रतन कार्की (कैलाश),किन्डर कार्टेन, मण्टेश्वरी तथा चाइल्ड केयर एसोसिएसन इटहरीका अध्यक्ष हरी आचार्य, मण्टेश्वरी तथा चाइल्ड केयर एसोसिएसन इटहरीकी कोषाध्यक्ष सुनिता सुवेदी ,अजबरी भजन कृतन समुहकी अम्बिका कुवँर,संयुक्त टोल विकास संस्थाका सचिव नारायण वि.क, स्थानीय विभिन्न टोल विकास संस्थाका, पदाधिकारीहरू , प्याब्सन इटहरीका पदाधिकारी ,स्थानीय विभिन्न स्कुलका प्रिन्सिपल तथा अध्यक्ष ,स्कुलका शिक्षक , अभिभावकहरू विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियोे ।


