इटहरी । प्रतिनिधि सभा सदस्यका लागि यमुना केसी, सुनसरी क्षेत्र नं। ४ की स्वतन्त्र उम्मेदवार, मुसा चिन्ह लिएर अहिले घरदैलो अभियानमा सक्रिय छिन्। विशेषगरी रामधुनी क्षेत्रका बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै उनले रामधुनीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने आफ्नो प्रमुख एजेन्डा रहेको बताएकी छन्। जनताको बीच पुगेर उनी समस्या सुन्दै, आशा र भरोसा जगाउँदै अगाडि बढिरहेकी छन्। स्थानीयवासीले पनि विकास, पहिचान र धार्मिक–सांस्कृतिक महत्व बोकेको रामधुनीको अन्तर्राष्ट्रिय स्तरमा प्रचार हुने अपेक्षासहित उनको अभियानलाई सकारात्मक रूपमा लिएका छन्। केसीको भनाइमा, “रामधुनीको ऐतिहासिक र धार्मिक महत्व विश्वसामु चिनाउन सके क्षेत्रको पर्यटन, रोजगारी र पूर्वाधार विकासमा ठूलो टेवा पुग्छ।” यही प्रतिबद्धताले उनको अभियानलाई भावनात्मक र जनमुखी बनाएको स्थानीयले बताएका छन्।