इटहरी । झापाको क्षेत्र नं। ५ मा प्रतिनिधि सभा सदस्य निर्वाचनको माहोल थप तातेको छ । नेकपा ९एमाले० का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र रास्वपाका बरिष्ठ नेता बालेन्द्र साहले दमकमा नै चुनाव केन्द्रित घरदैलो सुरु गर्नुभएको छ ।
सोमबार विहानैदेखि ओली र साह दुबैजना निर्वाचन केन्द्रित कार्यक्रममा ब्यस्त रहनु भएको छ । ओली आज दमकका मुख्य बजार तथा भित्रि चोकहरुमा मतदातासँग र साह सुकुम्बासी तथा भित्रि गाउँहरुमा रहनुभएको छ । एकैसाथ एउटै नगरमा उहाँहरुको घरदैलो आजबाट सुरु भएको हो । आज १० भन्दा बढी स्थानहरुमा ओलीको भेटघाट तथा मतदाताको गुनासो सुन्ने स्थलहरु तय गरेर सोहीअनुसार निर्वाचन प्रचारप्रसार सुरु गरिएको निर्वाचन परिचालन समिति अन्तर्गतको प्रचार–प्रसार समितिका संयोजक ईन्द्र भण्डारीले जानकारी दिनुभयो ।
रास्वपाका नेता भेषराज भट्टराईका अनुसार साह सोमबार विहानैदेखि घरदैलोमा पुगेर मतदाताका कुरा सुनिरहनुभएको छ । स्थानीयहरुले उम्मेदवारहरुसँग धनीपुर्जा लगायतका समस्याहरु राख्ने गरेका छन् । नेपाली काँग्रेसकी नेतृ मन्धरा पौड्याल, नेकपाका नेता रञ्जित तामाङ, राप्रपाका लक्ष्मी संग्रौला लगायतका उम्मेदवारहरु पनि घरदैलोमा रहनुभएको छ । ओली र साहको चर्चाले अन्य उम्मेदवारहरु ओझेलमा छन् ।


