धरान । सुनसरी क्षेत्र नं १ का नेपाली कांग्रेसका उम्मेदवार सुजेन्द्र तामाङ्गले सोमवार नेपाली कांग्रेसका संस्थापक महामानव बिपि कोईरालाको शालिकमा माल्यार्पण गर्दै चुनावि अभियान सुरु गरेका छन् । धरान - १३ स्थित विपि पार्कमा पुगेर विपि कोईरालाको पुर्णकदको शालिकमा नेपाली कांग्रेसका उम्मेदवार सुजेन्द्र तामाङ्ग समानुपातिक उम्मेद्वार निर्मला गुरुङ्ग राई सहितको टोलीले माल्यार्पण गर्दै चुनावि अभियान सुरु गरेको थियो ।
निष्ठा तथा इमान्दार छबिका युवा उम्मेद्वार रुपमा छवि बनाएका सुजेन्द्र तामाङ्गको हार्दिकता सहितको चुनावि अभियान , योजना बाचा र घरदैलो कार्यक्रमसंगै परिकृत नेपाली कांग्रेस प्रतिको जन लहरको कारण चुनावि अभियान उत्साहजक रुपमा आयोजना भई राखेको छ ।
धरान उपमहानगरपालिकाको २० वटै वडा , वराहक्षेत्र नगरपालिकाको वडा नं १ देखि ५ र रामधुनि नगरपालिकाको ६ र ७ वडा रहेको सुनसरी क्षेत्र नं १ मा नेपाली कांग्रेसले वडा वडामा सम्पर्क कार्यालय स्थापना गर्ने , समिति बनाउने लगायतका प्रचार प्रसार तथा घरदैलो कार्यक्रम आयोजना गरि राखिएको नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ का निर्वाचन परिचालन समितिका संयोजक नेपाली कांग्रेस कोशी प्रदेस समितिका महामन्त्री उमेश थापाले जानकारी दिए ।


