इटहरी । कोशी प्रदेशमा माघ महिनामा मात्रै ५ सय ७९ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा ५४ जनाको मृत्यु भएको छ भने ८ सय ७७ जना घाइते भएका छन्।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रवक्ता डीएसपी सन्तोष श्रेष्ठका अनुसार घाइते सबैलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको थियो। ट्राफिक प्रहरीको पछिल्लो विश्लेषणले अधिकांश दुर्घटना चालककै कारण भएको देखाएको छ। डीएसपी श्रेष्ठका अनुसार एक महिनामा भएका दुर्घटनामध्ये ४ सय ३७ वटा ९७५।५५ प्रतिशत० दुर्घटना चालकको लापरबाहीका कारण भएका हुन्। ट्राफिक नियम उल्लंघन, गलत तरिकाले ओभरटेक, तीव्र गति, मादक पदार्थ सेवन ९मापसे० तथा चालकको असक्षमता दुर्घटनाका प्रमुख कारण रहेको उनले बताए।
यस्तै, यान्त्रिक गडबडी, ओभरलोड, ब्रेक फेल र टायर पन्चरलगायत सवारीसाधनका कारण ३५ वटा ९६ प्रतिशत० दुर्घटना भएका छन्। यात्रुका कारण ६२ वटा ९१०।७ प्रतिशत०, सडक अवस्थाका कारण ३९ वटा ९६।७ प्रतिशत०, मौसमका कारण ३ वटा ९०।५ प्रतिशत० र चौपायाका कारण पनि ३ वटा ९०।५ प्रतिशत० दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ। श्रेष्ठका अनुसार चालकको लापरबाहीबाट हुने दुर्घटनाको अवस्था भयावह बन्दै गएको छ। कोशी प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी दीपक गिरीले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सक्रियता बढाइएको बताए।
उनका अनुसार माघ महिनामा ट्राफिक नियम उल्लंघन गर्ने ७ हजार ८ सय ४१ सवारीसाधन कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट ७९ लाख २७ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ। साथै, पछिल्लो एक महिनामा कोशीका समुदाय र शैक्षिक संस्थालाई केन्द्रित गरी १ हजार ४ सय ५१ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।
‘ट्राफिक सचेतना तथा सडक प्रयोग सम्बन्धी अभिमुखीकरण’ नाम दिइएको कार्यक्रममार्फत २८ हजार ७ सय ९७ जनालाई ट्राफिक नियम पालनाबारे प्रशिक्षण दिइएको एसपी गिरीले जानकारी दिए। उनले दुर्घटना न्यूनीकरणका लागि समुदाय, शैक्षिक संस्था तथा सरोकारवालासँग समन्वय गरेर सचेतनामूलक कार्यक्रमलाई अझ तीव्र बनाइने र सडकमा ट्राफिक प्रहरीको सक्रियता थप बढाइने बताए।


