इटहरी । इटहरीमा भएको तेस्रो कोशी प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता समापन भएको छ । राष्ट्रिय तेक्वान्दो संघ नेपाल जिल्ला कार्य समिति सुनसरीको आयोजनामा आइतबार देखि भएको प्रतियोगितामा कोशी प्रदेशका १४ जिल्लाका ५ सय बढी खेलाडीहरूको सहभागितामा तेस्रो कोशी प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता समान्न भएको छ ।

प्रतियोगितामा  इटहरी  सुनसरी टिम  प्रथम , मोरङको सुन्दरहरैंचा वडा न. १० मा रहेको हिमालय इङलिस स्कुल दोस्रो र मोरङको विराटनगर टिम तेस्रो भएको हो । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने टिमहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र सहित पुरस्कार प्रदान गरिएको थियो । खेलाडीहरूलाई खेल क्षेत्रमा प्रोत्साहन गर्दै अन्तर्राष्ट्रिय स्तरमा खेलाडी पुर्याउन खेलले महत्त्वपूर्ण सहयोग गर्ने अध्यक्ष राष्ट्रिय तेक्वान्दो संघ नेपाल जिल्ला कार्य समिति सुनसरीका खगेन्द्र कटुवालले बताउनुभयो । शिक्षा सँगसँगै खेललाई प्राथमिकतामा राखेर अगाडि बढ्न आवश्यक रहेको र उपमहानगरपालपकाले पनि खेलकुदलाई सक्रिय बनाउदै गएको उद्घाटन खेलकी प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगीता कुमारी चौधरीले बताउनुभयो ।

खेलले खेलाडीलाई अगाडि बढाउन महत्त्वपूर्ण सहयोग गर्ने साथै प्रदेश सरकारले सहयोग गर्दै जाने समापन खेलका प्रमुख अतिथि कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद महतोले बताउनुभयो । प्रतियोगिता इटहरी उपमहानगरपालिका  , नेपाल खेलकुद महासंघ इटहरी, नेपाल खेलकुद महासंघ जिल्ला कमिटी सुनसरी , विराट टेलिभिजनको सहकार्यमा गरिएको थियोे ।

समापन खेलमा इटहरी उपमहानगरपालिका वडा न.३ का वडाध्यक्ष उमेश सुवेदी, नेपाल खेलकुद महासङ्घ कोशी प्रदेश सदस्य लोकेन्द्र कोइराला, नेपाल खेलकुद महासङ्घ इटहरी नगर कमिटी उपाध्यक्ष भरत केसी, नेपाल खेलकुद महासंघ सुनसरीका पदाधिकारीहरू, कोशी प्रदेश तेक्वान्दो संघका पदाधिकारीहरू समाजसेवी ,खेलाडीहरु लगाएतको उपस्थिति रहेको थियोे ।