वराहक्षेत्र । सुनसरी क्षेत्र नं ४ अन्तर्गत भोक्राह नर्सिङ्गमा ठुलो संङख्यामा महिला र युवाहरुको समुह नेपाली काग्रेसमा प्रवेस गरेका छन् । विभिन्न पार्टीमा आबद्ब तथा स्वतन्त्र महिला र युवा सहित १ सय ८५ भन्दा बढिको संङख्यामा पार्टी प्रवेश गरेको नेपाली कांग्रेसका भोक्राह नर्सिङ्ग गाउँ सभापति युवराज दाहालले बताए ।
सोमवार साझ भोक्राह नर्सिङ्ग गाउँपालिका स्थित वडा नं १ मिलन चौक मा आयोजना भएको पार्टी प्रवेश कार्यक्रममा नवप्रबेसीहरुलाई नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्यको उम्मेद्वार ज्ञानेन्द्र बहादुर कार्की , समानुपातिक उम्मेद्वार जमिल अख्तर आजात र नग्मा साहिद लगायत नेपाली कांग्रेसका नेताहरुले अवीर , माला , खादा लगाएर पार्टीमा स्वागत गरेको सभापति दाहालले बताए । यस अगाडि पनि भोक्राह नर्सिङ गाउपालिका वडा नं २ मा १ सय ९० भन्दा बढिको संङख्यामा नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।
नेपाली कांग्रेसका प्रत्यक्षतर्फका उम्मेद्वार ज्ञानेन्द्रबहादुर कार्कीले गरेको काम उहाको योजना , योग्दान तथा समानुपातिक तर्फका उम्मेद्वार जमिल अख्तर आजात र नग्मा साहिदलाई बिजय गराउन ठुलो संङख्यामा महिलाहरु, युवाहरु , जेष्ठ नागरिकहरुको समूह नेपाली कांग्रेसमा आबद्ब भएको नेपाली कांग्रेस भोक्राह नर्सिङ गाउँ समितिले जानकारि दिएको छ । लगातार पार्टी प्रबेश गर्ने कार्यसंगै सुनसरी क्षेत्र नं ४ मा नेपाली कांग्रेस प्रवेश गर्नेको लर्को नै लागेको छ ।विभिन्न पार्टीसंगै स्वतन्त्र नागरिकहरु कांग्रेसमा प्रवेश गर्न कार्यले मदेशमा नेपाली कांग्रेस प्रति बिश्वास , भरोसा बढ्न थालेको दावि गर्न थालिएको छ ।


