इटहरी । जिल्ला प्रशासन कार्यालय भोजपुरले पहिलोपटक आमाको नामबाट नागरिकता जारी गरेको छ । टेम्केमैयुङ गाउँपालिका–३ का आदित्य दर्नाललाई आमाको नामबाट नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी राजन पौडेलले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयको अभिलेख अनुसार आदित्यलाई ०९–०१–८२–०३८१० नम्बरको नागरिकता प्रदान गरिएको हो । आवश्यक प्रक्रिया र कागजात पुगेकाले प्रशासनमा आएर आमाको नामबाट नागरिकता लिन सक्ने जनाइएको छ ।

गरिकता लिनका लागि जन्म दर्ता, शैक्षिक प्रमाणपत्र, आमाको नागरिकता, बुबा नभएको भनी सम्बन्धित स्थानीयबाट गरिएको मुचुल्का र अनुसूची फारम भर्नुपर्ने प्रशासन कार्यालयले जनाएको छ । त्यस्तै, पतिको पहिचान नभएको भनी आमाले लिखितरूपमा स्वघोषणासमेत गरेको हुनुपर्ने व्यवस्था छ ।