इटहरी  | लायन्स / लियो क्लब इटहरी पाथिभरा, लायन्स क्लव अफ इटहरी प्रोफेसनल र लायन्स क्लव अफ इटहरी पचरूखीको संयुक्त पदस्थापन  समारोह सम्पन्न भएको छ।

२०२५–२६ कार्यकालका लागि लायन्स क्लब अफ इटहरी पाथिभराका अध्यक्ष कमल प्रसाद तिम्सिना , लायन्स क्लव अफ इटहरी प्रोफेसनलका अध्यक्ष देबेन्द्र शाह लायन्स क्लव अफ इटहरी पचरूखीका अध्यक्ष  चन्द्र गुरागाई ,लियो क्लब अफ इटहरी पाथिभराका अध्यक्ष आयुश डुङ्गेल , उपाध्यक्ष सन्जिप तिम्सिना सहित अन्य सदस्यहरूलाई पदस्थापन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि लायन्स डिस्ट्रिक्ट ३२५ सि का गर्भनर बबरजंग थापाले चारै क्लबका नयाँ नेतृत्वलाई पदस्थापन गर्दै लायन्स क्लबको मूल्य, मान्यता र सेवा भावलाई आत्मसात गर्दै समाज सेवामा समर्पित रहन निर्देशन दिनुभयो।

नवनिर्वाचित अध्यक्षहरूले आफ्नो कार्यकालमा सामाजिक सेवा, सहयोग र जनहितका कार्यक्रमहरूलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा निवर्तमान गभर्नर विकास अधिकारी, सेकेन्ड भाइस डिस्ट्रिक्ट गर्भनर रमेश खत्री,पूर्व  डिस्ट्रिक्ट गर्भनर धिराज गुरूङ , क्याबिनेट सेक्रेटरी नेत्र चौलागाईँ, क्याबिनेट कोषाध्यक्ष नागेश पोखरेल तथा ग्याट एरिया ४ का लायन्स लिडर, लियो तथा लायन्स क्लबका पदाधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियोे ।

लायन्स अन्तर्राष्ट्रिय स्तरमा परिचित सामाजिक संस्था हो, जसले नेपालका विभिन्न स्थानमा सामाजिक, शैक्षिक, स्वास्थ्य र मानवीय सेवामूलक गतिविधि सञ्चालन गर्दै आएको छ।