इटहरी। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले केवल नारा लगाएर मात्रै मुलुकमा परिवर्तन नआउने बताउनुभएको छ । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं। १ द्वारा बिहीबार धरानमा आयोजित प्रतिबद्धता घोषणा सभा लाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
उपसभापति शर्माले विगत ७५ वर्षदेखि नेपालमा कुनै पनि सरकारले पाँच वर्षको पूर्ण कार्यकाल चलाउन नपाएको उल्लेख गर्दै राजनीतिक अस्थिरता नै विकासको बाधक भएको टिप्पणी गर्नुभयो ।
गत भदौको युवा आन्दोलन ९जेनजी० का क्रममा ज्यान गुमाएका युवाको प्रसङ्ग स्मरण गर्दै उपसभापति शर्माले नयाँ पुस्ताको भावना र आन्दोलनको मर्म बुझ्न नसके देश पुनः सङ्कटमा फस्न सक्ने चेतावनी दिनुभयो । उहाँले देश सञ्चालनको जिम्मेवारी ुसिकारुु लाई नभई अनुभवी र जिम्मेवार नेतृत्वलाई दिनुपर्नेमा जोड दिनुभयो ।
सुनसरी क्षेत्र नं। १ का उम्मेदवार सुजेन्द्र गोले तामाङको प्रतिबद्धता पत्रका बुँदाहरू अक्षरमा लेखिएभन्दा बढी काम गरेर देखाउने दाबी गर्नुभयो । उहाँले यस क्षेत्रको जितले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि बढाउन र नयाँ पुस्ताको नेतृत्व स्थापित गर्न मार्गप्रशस्त गर्ने धारणा समेत राख्नुभयो ।
कार्यक्रममा कांग्रेस सहमहामन्त्री डिना सङ्ग्रौला, केन्द्रीय सदस्य लक्ष्मी खतिवडा, धरान नगर सभापति श्याम पोख्रेल, पूर्वमेयर तिलक राई लगायतको उपस्थिति थियो ।


