इटहरी । इटहरीका एक सयभन्दा बढी महिला तथा पुरुषहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्।
शनिबार इटहरी स्थित इम्पेरियल लाउन्जमा आयोजित प्रवेश कार्यक्रममा सुनसरी क्षेत्र नम्बर १ की उम्मेदवार गोमा तामाङ (सरिन), सुनसरी क्षेत्र नम्बर २ का उम्मेदवार लाल विक्रम थापा, रास्वपा इटहरी उपमहानगर नगर समितिका सभापति महेश थापा लगायतको उपस्थिति रहेको थियो। नेकपा (एस)का युवानेता तथा खेलाडी पिताम्बर तिम्सिनाको नेतृत्वमा १ सय भन्दा बढी कार्यकर्ता रास्वपामा प्रवेश गरेका हुन्।
प्रवेश कार्यक्रममा बोल्दै तिम्सिनाले देशलाई सही दिशामा अगाडि बढाउन युवाशक्तिको आवश्यकता रहेको उल्लेख गर्दै रास्वपा देश विकासको एजेण्डा बोकेको पार्टी भएकाले आफूहरू प्रवेश गरेको बताउनुभयो
। त्यस्तै, सुनसरी क्षेत्र नम्बर २ का उम्मेदवार लाल विक्रम थापाले वर्तमान समय देशलाई निकास दिने महत्वपूर्ण घडी भएको उल्लेख गर्दै सबैलाई चुनावी अभियानमा सक्रिय हुन आग्रह गर्नुभयो । कार्यक्रममा रास्वपा इटहरी उपमहानगर तथा सुनसरीका विभिन्न वडाका पदाधिकारी तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


