इटहरी । मोरङको सुन्दरहरैंचा–१० मा अवस्थित हिमालय इङ्लिस स्कुलको १० औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

कार्यक्रम विद्यालयका प्रिन्सिपल कमल खनालको अध्यक्षता तथा सुन्दरहरैंचा–१२ का वडा अध्यक्ष एवं नगर प्रवक्ता रोशन प्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति, नृत्य, गीत, नाटक र प्रतिभा प्रदर्शन मार्फत उपस्थित अभिभावक तथा अतिथिहरूलाई मन्त्रमुग्ध बनाएका थिए । 

विशेष आकर्षणका रूपमा आयोजित डान्स आइडल र सिङ्गिङ आइडलको फाइनल प्रतिस्पर्धाले कार्यक्रमलाई अझ रोमाञ्चक बनाएको थियो। कार्यक्रमका अध्यक्ष तथा प्रिन्सिपल खनालले विद्यालयको १० वर्षे यात्रालाई संघर्ष, समर्पण र विश्वासको कथा भएको बताउनुभयो । उहाँले आगामी दिनमा विद्यालयलाई अझ गुणस्तरीय, प्रविधिमैत्री र नमुना शैक्षिक संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

प्रमुख अतिथि ढकालले विद्यालयको प्रगतिको प्रशंसा गर्दै स्थानीय शिक्षा विकासमा संस्थाको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । वार्षिक उत्सव तथा अभिभावक दिवसका अवसरमा विभिन्न संचारमाध्यममा अबद्ध सक्रिय पत्रकारहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको अन्त्यमा उत्कृष्ट प्रस्तुति दिने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो भने सम्पूर्ण सहभागी, अभिभावक र सहयोगीप्रति विद्यालय प्रशासनले कृतज्ञता व्यक्त गरेको थियो।