इटहरी | इटहरी वडा नम्बर १ मा अवस्थित हाँसपोसा एकेडेमी इङ्गलिस बोर्डिङ स्कुलको १९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ। विद्यालयले हरेक वर्ष आयोजना गर्ने वार्षिकोत्सवमा हाँसपोसा एकेडेमी इङ्गलिस बोर्डिङ स्कुलका संस्थापक निर्देशक समर बहादुर कार्कीको सभापतित्वमा तथा इटहरी उपमहानगरपालिकाका  उपप्रमुख संगिता कुमारी चौधरीको प्रमुख अतिथिमा कार्यक्रम भएको हो ।

विद्यार्थीहरूले नृत्य, गायन, नाटक , गजल अन्य प्रतिभा प्रस्तुत गरेका थिए । स्कुलका विद्यार्थीहरूलाई अध्यनरत विभिन्न  विधामा सम्मान साथै कार्यक्रममा विद्यालयले यस अघि आयोजना गरेको  विभिन्न खेलकुद   विधाका कार्यक्रमका पुरस्कारहरू वितरण गरेको हो ।

विद्यालयका विद्यार्थीहरूलाई विभिन्न अतिरिक्त क्रियाकलापहरूमा समेत संलग्न गराउँदै आएको स्कुलका प्रिन्सिपल राजेश बस्नेतले बताउनुभयो ।

विद्यालय विद्यार्थीहरूलाई अध्यापन साथै विभिन्न सीप , कला सिकाएर अभिभावकहरूको मन जित्दै आएको प्रमुख अतिथि चौधरीले बताउनुभयो ।

स्कुलले पिजी (प्ले ग्रुप) देखि कक्षा ७ सम्मका विद्यार्थीहरूलाई अध्यापन गराउँदै आएको छ। इटहरी वडा नम्बर १, आपगाछीमा अवस्थित यो शैक्षिक संस्था स्थानीय स्तरमा गुणस्तरीय शिक्षाका लागि परिचित मानिन्छ।

विद्यालयको यस वार्षिकोत्सव कार्यक्रमले अभिभावक, विद्यार्थी र शिक्षकहरूबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ । अभिभावक दिवस क्रममा विद्यालय प्रशासनले अभिभावकहरूसँग विद्यार्थीहरूको शैक्षिक प्रगति, विद्यालयका विभिन्न गतिविधिहरू तथा आगामी शैक्षिक योजनाहरूबारे जानकारी गराइएको थियोे ।1771734398462

कार्यक्रममा विशिष्ट अतिथि इटहरी उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष रतन कार्की (कैलाश) ,शान्ति टोल विकास संस्थाका अध्यक्ष अर्विन न्यौपाने ,धनकुटा पुर्व स्रोत व्यक्ति रियन्द्र  गुरागाँई ,धार्मिक जागरण सत्यङ्ग संस्थाका अध्यक्ष देविमाया ढकाल ,सुनाखरी विद्यामन्दिर प्रधान्यपाक सरिता राई,इटहरी वडा नम्बर २० स्थित सहिद स्मृति माध्यमिक विद्यालयका साहयक प्रधान्यपाक रमेश खड्का इटहरी वडा नम्बर १ का वडा सदस्यहरू,विभिन्न संघ संस्थाका पदाधिकारीहरू ,विद्यार्थी, अभिभावक, शिक्षक तथा विभिन्न अतिथिहरूको बाक्लो सहभागीता रहेको रहेको थियो ।