इटहरी | इटहरी उपमहानगरपालिका वडा नम्बर १६ मा रहको शिक्षादिप एकेडेमी स्कुलले कक्षा ९ र १० मा अध्ययनरत ३५ जना विद्यार्थी र ७ जना शिक्षकहरूलाई शैक्षिक भ्रमण गराएको छ ।

विद्यार्थीहरूलाई किताबी ज्ञानमा मात्र सीमित नराखी व्यवहारिक, सांस्कृतिक र भौगोलिक ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त भ्रमण स्मार्ट सजिलो ट्राभल एन्ड टुर प्रा.लि.को व्यवस्थापनमा सफलतापूर्वक सम्पन्न भएको हो। स्मार्ट सजिलो ट्राभल एन्ड टुर प्रा.लि.को व्यवस्थापनमा सम्पन्न उक्त ४ दिने भ्रमण अन्तर्गत विद्यार्थी तथा शिक्षकहरूलाई मनकामना ,पोखरा बन्दिपुर, चितवन लगायतका पर्यटकीय तथा धार्मिक स्थलहरूको अवलोकन गराइएको थियो।

विद्यालयका प्रधानध्यापक सहदेव काफ्ले अनुसार विद्यार्थीहरूलाई कक्षा कोठामा पढाइने विषयवस्तुलाई प्रत्यक्ष अनुभवमार्फत बुझाउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको हो। किताबी ज्ञानसँगै व्यवहारिक ज्ञान प्रदान गर्नु आजको शिक्षाको आवश्यकता रहेको उहाँले जानकारी दिनु भयो ।  

भ्रमणमा सहभागी विद्यार्थी निर्जल अधिकारीले कक्षा कोठाको सैद्धान्तिक ज्ञानभन्दा बाहिर विभिन्न भौगोलिक, धार्मिक र सांस्कृतिक स्थलहरूमा पुगेर प्रत्यक्ष अनुभव लिन पाउँदा निकै उत्साहित भएको प्रतिक्रिया दिए। 1771853955728

कम्पनीका सञ्चालक गणेश अधिकारीका अनुसार विद्यार्थी लक्षित भ्रमणमा विशेष सुरक्षा, आराम र अनुशासनलाई ध्यान दिइने बताउनुभयो ।आरामदायी सवारी साधन, गुणस्तरीय होटल बसाइ, अनुभवी टुर गाइड, स्वादिष्ट तथा स्वास्थ्यकर खाना सहित सम्पूर्ण सेवा सुविधा उपलब्ध गराउँदै आएका उहाँ जानकारी दिनु भयो ।1771853979763

शैक्षिक भ्रमणमा रूपेश  भट्टराई , धिरज चौधरी विद्यालयका शिक्षकहरू , विद्यार्थीहरू लगाएतको उपस्थिति रहेको थियो । शैक्षिक भ्रमणको व्यवस्थापन गरेको स्मार्ट सजिलो ट्राभल एन्ड टुर प्रा.लि. इटहरीमा स्थापित एक विश्वसनीय ट्राभल तथा टुर कम्पनी हो। कम्पनीले देशभित्र तथा बाहिर शैक्षिक, धार्मिक, मनोरञ्जनात्मक तथा संस्थागत भ्रमण सेवा प्रदान गर्दै आएको छ।