इटहरी । नेकपा एमाले सुनसरी क्षेत्र नं। १ ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

मंगलबार धरानमा पत्रकार सम्मेलनमार्फत एमालेले डिजिटल घोषणापत्र सार्वजनिक गरेको हो । निर्वाचन परिचालन कमिटीकि संयोजक मन्जु भण्डारीले स्लाइडमार्फत घोषणापत्र सार्वजनिक गर्नुभयो। एमालेले विकासमा हाम्रो दूरदृष्टिः शिक्षा, स्वास्थ्य, पर्यटन र कृषि केन्द्रित पूर्वाधार, सुनसरी क्षेत्र नं। १ को समृद्धिको आधारु भन्ने नारासहित प्रतिबद्धता सार्वजनिक गरेको छ । एमालेले आर्थिक क्षेत्र विकास (इकोनोमिक करिडोर) को अवधारणाअनुसार धरानका ४,५,६, ८,११,१७, २० वडा सहित ४२ किलोमिटर सडक निर्माण गर्ने प्रतिबद्धता सार्वजनिक गरेको छ ।

एमालेले धरान सभागृह र नाटक घर निर्माण सम्पन्न गर्ने वाचासमेत गरेको छ । धरान–लेउती सुरुङ मार्गको सम्भाव्यता अध्ययन पूरा गरी निर्माण प्रक्रिया अघि बढाउने, धरान–चतरा–बराहक्षेत्र र धरान–भेडेटार सडकको स्तरोन्नति गर्ने, पुल तथा लिंक रोड, अँधेरी खोला, कोकाह र सेउती खोला लगायतका स्थानमा बाँकी रहेका पुलहरूको निर्माण सम्पन्न गर्ने साथै धरानदेखि भेडेटार वा नाम्जेसम्म सार्वजनिक(निजी साझेदारीमा केबलकार सञ्चालन गर्ने एमालेको प्रतिबद्धता छ । 

WhatsApp Image 2026-02-25 at 7.25.36 AM