इटहरी । भोजपुरको हतुवागढी गाउँपालिका ७ स्थित गैयाँराज आधारभुत विद्यालयले आफ्नो ४२ औँ वार्षिककोत्सव मनाएको छ ।

सोमबार विद्यालय व्यावस्थापन समिती अध्यक्ष सुमित राईको सभाध्यक्षता तथा स्थानीय समाजसेवी गोपाल बस्नेतको प्रमुख आतिथ्यतामा विद्यालयको प्राङगनमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम अन्तर्गत विभिन्न खेलकुद तथा प्रतिस्पर्धात्मक विधाहरू सञ्चालन गरिएका थिए । जसमा कक्षा १ देखि ३ बीच आयोजित चक्लेट दौडमा एलिस्टजोन आछामी प्रथम, एसन राई द्वितीय र निश्चल खत्री तृतीय भएका थिए । कक्षा ४ र ५ मा छात्रतर्फ भाले जुधाई प्रतियोगितामा सन्जिब राई (कक्षा ५) विजेता बने भने छात्रातर्फ स्किपिङ प्रतियोगितामा शान्तिकला राई (कक्षा ५) विजेता भएकी थिइन् ।

त्यसैगरी कक्षा ६ देखी ८ बीच आयोजित अन्तरसदनात्मक हाजिरीजवाफ प्रतियोगितामा लुङ्खिम सदन प्रथम हुन सफल भयो । वार्षिककोत्सवको अवसरमा विद्यालयको शिक्षिका र भू.पू. विद्यार्थीहरुबीच भलिबल प्रतियोगिता, महिला अभिभावकहरूलाई चम्चा दौड, विद्यालयको शिक्षक र शिक्षिकाबीच चिप्स खाने प्रतियोगिता आयोजना गरिएको थियो । साथै विद्यार्थीहरुद्धारा विभिन्न सांस्किृतिक कार्यक्रम  प्रस्तुत गरिएको थियो भने कार्यक्रममा विभिन्न गतिविधीमा उत्कृष्ट हुनेलाई पुरस्कार वितरण गरिएको थियो ।

WhatsApp Image 2026-02-25 at 4.12.40 PM


वार्षिककोत्सवको अवसर पारेर स्थानीय शान्तिकला राईले आफ्ना स्वर्गीय आमा–बुबाको नाममा विद्यालयलाई  १० हजार आर्थिक सहयोग प्रदान गर्नुभएको प्रधानध्यापक तारादेवि राईले जानकारी दिनुभयो । उक्त कार्यक्रममा वडा न. ७ का महिला वडा सदस्य निर्मला राई,विमला नेपाली,शिक्षक अभिभावक सँघका अध्यक्ष किरन राई,अभिभावक तथा विद्यार्थीहरुको उल्लेख्नीय उपस्थिती रहेको थियो भने कार्यक्रम शिक्षक याम्पेनहाङ राईले सञ्न्चालन गर्नुभएको थियो ।