इटहरी । इलामबाट ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सूर्योदय नगरपालिका १० फिक्कल बजारबाट ब्राउन सुगर सहित सूर्योदय ९ का २९ बर्षीय बुद्ध तामाङलाई ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । फिक्कल प्रहरी चौकीका प्रहरी नायब निरीक्षक बिष्णु प्रसाद सापकोटाको नेतृत्वमा खटिएको नेपाल प्रहरी र शसस्त्र प्रहरी बल आइतबारेको टोलीले ७ पोका ब्राउन सुगर सहित तामाङलाई पक्राउ गरेको हो ।
प्रहरी नायब निरीक्षक सापकोटाका अनुसार पक्राउ परेका ब्यक्तिको साथबाट बरामद भएको ब्राउन सुगरको मात्रा शुन्य दशमलब २०० मिलिग्राम रहेको छ । प्रहरीले पक्राउ गरिएका तामाङ लागु औषध कारोबारी हुन सक्ने जनाएको छ । तामाङलाई कानुनी प्रक्रिया अनुसार कारबाही हुने प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको बताइएको छ ।


