इटहरी । सुनुसरीको इटहरी ५ मा रहेको ज्योति माध्यमिक विद्यालयले ५७ औं वार्षिकोत्सब तथा अभिभावक दिवस मनाइएको छ ।

इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलको प्रमुख अतिथि तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर विक्रम शाहको अध्यक्षतामा कार्यक्रम गरिएको थियोे । कार्यक्रममा विद्यार्थीहरुले  सांस्कृतिक नृत्य र गायन समेत प्रस्तुति गरका थिए । विद्यालयको वार्षिक प्रतिवेदन विद्यालयका प्रधानध्यापक चिरञ्जीवी भट्टराईले प्रस्तुत गर्नुभएको थियो । विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धिमा जोड, नेपाली र अंग्रेजी दुवै माध्यममा पठनपाठन गरी ,प्रविधि मैत्री शिक्षण सिकाइका लागि स्मार्टबोर्डयुक्त कक्षाकोठा बनाउदै लगेको, शिक्षकहरुका लागि तालिमको व्यवस्था गर्ने विद्यालयको भावि योजना रहेको प्रधानध्यापक भट्टराईले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर विक्रम शाहले समितिले आफ्नो कार्यकालमा सम्पन्न गरेका विभिन्न भौतिक, शैक्षिक तथा प्रशासनिक उपलब्धिहरू सार्वजनिक गर्दै आफ्नो कार्यकालमा विद्यालयलाई शैक्षिक सुधार देखि गुणस्तरमा जोड दिएको पनि शाहले बताउनु भयो । इटहरीको सामुदायिक विद्यालयहरूमा ज्योति मा.वि को स्वरूप बदलिँदएको साथै स्थानीय सरकारले सर सहयोग गर्दै जाने प्रमुख अतिथि मेयर हेमकर्ण पौडेलले बताउनुभयो ।

विद्यालयमा वार्षिक परिक्षामा उत्कृष्ट ल्याउने विद्यार्थीहरू र खेलकुद अक्षयकोष , अनुशासित लगायत ३५ जना बढि उत्कृष्ट विद्यार्थीहरूलाइ सम्मान सहित पुरस्कार वितरण गरिएको थियोे ।सोही कार्यक्रममा २१ जना शिक्षक शिक्षिका कर्मचारीहरूलाई सम्मान पनि गरिएको थियोे ।

सो वार्षिकोत्सबमा  शिक्षा तालिम केन्द्र कोशी प्रदेशका गोपाल प्रसाद दाहाल, इटहरी ५ का वडा अध्यक्ष भीष्म कुमार घिमिरे, विद्यालय व्यवस्थापन समिति महासंघ इटहरी नगरका अध्यक्ष रुद्र बहादुर वस्नेत , सामुदायिक विद्यालय व्यवस्थापन महासंघसमितिका केन्द्रीय सचिव तथा जनता माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगाल, विद्यालयका पुर्व प्रधानध्यापक भैरवप्रसाद सापकोटा ,इटहरीका विभिन्न विद्यालयका प्रधानध्यापकहरू , अभिभावक ,स्थानीय टोल विकास संस्थाका प्रतिनिधि ,राजनीति दलका प्रतिनिधि स्थानीय लगाएतको बाक्लो सहभागीता रहेको थियोे ।

कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक कुल प्रसाद बरालले गर्नु भएको थियोे ।