इटहरी । वराहक्षेत्र नगरपालिका वडा नं १ चतराधाम स्थित राधाकृष्ण संस्कृत बेद बिद्याश्रम गुरुकुलमा माध्यमिक बिद्यालय भवनको शिल्यनास गरिएको छ ।
बिहिबार बिहान शुभ साइतमा नगर प्रमूख रमेश कार्कीको प्रमुख आतिथ्यतामा भवनको शिल्यनास कार्य सम्पन्न भएको हो । बिद्यालयको स्तरोन्नयनका लागि आयोजना गरिएको द्वादश दिवसिय विराट ज्ञान महायज्ञबाट संकलित रकमबाट भवन निर्माण हुनेछ । ३ तल्लामा २० वटा कोठा रहेने भवनका लागि २ करोड १८ लाख बजेट बिनियोजन गरिएको भवन निर्माण समितिका अध्यक्ष प्रल्लाद भट्टराईले जानकारी दिनुभयो ।
नेपाल राष्ट्रका प्रथम जगदगुरु वालसन्त मोहनशरमनले देवाचार्य महाराजश्रीको परिकल्पनामा २०५९ सालमा स्थापना भएको गुरुकुलको भवनहरु अत्यन्त जिर्ण भएको र यसको स्तरोन्नयन तथा छात्रावास निर्माणका लागि द्वादश दिवसिय विराट ज्ञान महायज्ञको आयोजनाबाट रकम संक्लन गरिएको राधाकृष्ण संस्कृत गुरुकुलम माध्यमिक बिद्यालयका व्यवस्थापन समितिका अध्यक्ष मनोज पौडेलले जानकारी दिनुभयो ।
राधाकृष्ण संस्कृत गुरुकुलम माध्यमिक बिद्यालयका व्यवस्थापन समितिका अध्यक्ष मनोज पौडेलको सभाध्यक्षतामा आयोजना भएको शिल्यनास कार्यक्रममा राधाकृष्ण संस्कृत गुरुकुलम माध्यमिक बिद्यालयका संरक्षक नेपाल राष्ट्रका प्रथम जगदगुरु वालसन्त मोहनशरमनले देवाचार्य महाराजश्रीको विशेष आतिथ्यता, जगद गुरु पिठका महासचिब तथा भवन निर्माण समितिका अध्यक्ष प्रल्लाद भट्टराई ,नगर शिक्षा समितिका सदस्य ज्ञान बहादुर पाण्डे , सुरक्षा निकायका प्रमुखहरुको आतिथ्यता रहेको थियो ।
हाल गरुकुलमा कक्षा १२ सम्म आवासिय रुपमा अध्यापन हुँदै आएको छ । सनातन धर्म र संस्कृत भाषाको संरक्षण र उन्नयनकालागि स्थापित भएको गरुकुलमा नेपाल र भारतका बटुक बिद्यार्थीहरु अध्यापन गर्दै आएको गरुकुलका प्रध्यानाध्यापक जमुना दाहाल रेग्मीले बताउनुभयो ।


