इटहरी । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले पुराना दलहरुले देशका लागि काम नगरेपछि आफुहरु चूनावी मैदानमा आउनुपरेको बताउनुभएको छ ।

शनिबार ललितपुरको जावलाखेलमा आयोजित पार्टीको चूनावी सभालाई सम्बोधन गर्दै उहाले पटक पटक जनताले जिताएर पठाउदा समेत देशका लागि काम नगरेपछि आफुहरु चूनावी मैदानमा आउनुपरेको बताउनुभएको हो ।

उहाले जनेजी आन्दोलन पछि मुलुक संकटमा पर्दा ठूला भनिएका दलका नेताहरु कतै नदेखिएको तर्क गर्नुभयो । त्यस्तै साम्पाङले घण्टी बजाउँदै आएको दल अव पुरानो नभएको समेत उल्लेख गर्नुभयो ।

रास्वपाका सभापति दुईपटक उपप्रधान एवं गृहमन्त्री भइसकेकाले यसले आफुलाई नयाँ दल भन्न नमिल्ने उहाको भनाइ छ । साम्पाङले रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री हुँदा नै सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै दोष जति सवै जीबी राईमाथि थोपर्ने काम गरेको समेत आरोप लगाउनुभयो ।

उहाले देश बनाउने जिम्मेवारी युवाहरुको नै भएकाले उनीहरुलाई उत्पादन र विकासको शक्ति बनाउने योजना रहेको धारणा राख्नुभयो ।