इटहरी। उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–५ फोक्सिन्टारस्थित सगरमाथा लोकमार्गको गाईघाट दिक्तेल सडक खण्डमा बोलेरो गाडी दुर्घटना भएको छ । दुर्घटनामा परी खोटाङ्ग जिल्लाको खोटेहाङ गाउँपालिका–७ बस्ने अन्दाजी २५ वर्षिय रविन गेलाल र २८ वर्षिय अनिश कटुवाल घाईते भएका छन् ।

गाईघाटबाट खोटाङतर्फ जाँदै गरेको ना १ झ ४०४५ नम्बरको बोलेरो गाडी अचानक ब्रेक फेल भई सडकबाट करिब ५ सय मिटर तल खसेको थियो । उक्त गाडीमा चालक र एक जना यात्रुमात्र सवार रहेको बताईएको छ ।

सो दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं ५ त्रियुगा गण उदयपुरको टोली उद्धार कार्यमा खटिएको डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । दुर्घटनामा घाईते भएका दुवै जनालाई उपचारको लागि जिल्ला अस्पताल गाईघाटतर्फ पठाईएको थापाले बताए ।