इटहरी। दुई निर्वाचन क्षेत्र रहेको इलाममा अहिले सम्ममा २७ प्रतिशत मत खसेको छ ।जिल्ला निर्वाचन कार्यालय इलामका अनुसार अहिले सम्ममा २७ प्रतिशत मत खसेको हो ।

हाल सम्ममा ६२ हजार पाँच सय ८८ मत खसेको जिल्ला निर्वाचन कार्यालय इलामले जानकारी दिएको छ ।इलाममा दुई लाख ३१ हजार ८०९ मतदाता रहेका छन ।

इलाममा एक सय ५०  मतदान केन्द्रका दुई सय ९० मतदान स्थलमा शान्तिपूर्ण रुपमा मतदान भैरहेको छ ।