काठमाडौं । सुदूरपश्चिम प्रदेशको कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार जनक सिंह धामीले अग्रता कायम राखेका छन्।

हालसम्मको मतपरिणामअनुसार उनले १ हजार ७७ मत प्राप्त गर्दै पहिलो स्थानमा छन्। यस्तै नेकपा एमालेका उम्मेदवार  तारा लामा तामाले १ हजार २९ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन्।

त्यस्तै नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार बिना मगरले ५ सय ८३ मत प्राप्त गरेकी छन्। कञ्चनपुर–१ मा मतगणना जारी रहेको छ।