इटहरी ।  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दैलेख–२ मा नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उम्मेदवार लक्ष्मीप्रसाद पोखरेलले आफ्नो अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार पोखरेलले १० हजार २३४ मत गरेकी छन् । 

उनलाई नेपाली कांग्रेसका उम्मेदवार दिक्पाल शाहीले सात हजार एक  मतका साथ पछ्याइरहेका छन्  । नेपाल कम्युनिष्ट पार्टीका योगेन्द्र शाही तीन हजार १४२ मत प्राप्त गरेका छन्  । 

निर्वाचन अधिकृत लोकहरी कँडेलका अनुसार निर्वाचन–२ अन्तर्गत अब केही वडाको मतगणना हुन बाँकी छ ।  कूल ८१ हजार ५०३ मतदाता रहेको यस क्षेत्रमा ६५ प्रतिशत मत खसेको थियो । यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी कूल ११ जना उम्मेदवार चुनावी मैदानमा छन् ।