इटहरी । भक्तपुर क्षेत्र नम्बर १ मा रास्वपाका रुकेश रन्जित विजयी हुनुभएको छ । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाललाई पाँच हजार २ सय ८९ मतले पछाडि पार्दै रास्वपाका उम्मेदवार रन्जित विजयी हुनुभएको हो ।

रन्जितले ३३ हजार ४ सय ३६ मत प्राप्त गर्नुभयो भने सुवालले २८ हजार १४७  मत प्राप्त गर्नुभयो । कांग्रेसको किरण न्यौपाने चार हजार २८२ मत र एमालेका सोम मिश्रले तीन हजार ७२१ मत पाउनुभएको छ ।

भक्तपुर क्षेत्र नम्बर १ बाट निर्वाचित भएपछि रास्वपाका रुकेश रन्जितले जनताले दिएको जिम्मेवारी र जनतासंग गरिएको वाचाहरुलाई पुरा गरिने बताउनुभयो ।

देशको नीति निर्माण गर्ने कामको अभिभारालाई समेत गम्भीरतापूर्वक निर्वाह गर्ने उहाको भनाइ छ । यसअघि भक्तपुर क्षेत्र नं १ मा २०४८ साल देखि लगातार नेपाल मजदुर किसान पार्टीका उम्मेदवार बिजयी हुदै आएका थिए । रास्वपाका रुकेश रन्जितको जितसंगै भक्तपुर १ मा नेमकिपाको लगातारको जितको श्रृखला अन्त्य भएको छ ।