इटहरी । काठमाडौं क्षेत्र नंवर ७ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रास्वपाका नेता गणेश पराजुलीले जनताले दिएको मतको उच्च कदर गर्दै कहिल्यै शिर निहुँराउनु नपर्नेगरि भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै पराजुलीले अहिलेको निर्वाचनमा जनताले रास्वपाप्रति अपार विश्वास सहित परिवर्तनको जिम्मेवारी दिएको भन्दै अव जनताले दिएको मतको उच्च कदर गर्दै कहिल्यै शिर निहुँराउनु नपर्नेगरि भूमिका निर्वाह गर्ने बताउनुभएको हो ।

लोकतन्त्रमा जनताको म्यान्डेड भन्दा ठूलो केहि नहुने भन्दै अहिलको जित रास्वपाको नभइ नेपाली जनताको जित भएको उहाले बताउनुभयो । पराजुलीले संविधान संशोधनका लागि सवैलाई सहमतिमा लिएर अघि बढ्ने उल्लेख गर्दै संशोधनका बिषयलाई टुङ्गो लगाउन कार्यदल बनाइने धारणा राख्नुभयो ।

मुलुकमा सुशासन कायम गर्नका लागि सवैलाई साथमा लिएर अघि बढ्ने उहाको भनाइ छ । पराजुलीले रास्वपाले प्रदेश खारेज गर्ने कहिले नभनेको र तीन तहको संघीयतामा प्रदेश संरचनाको रुपलाई पुनर्संरचना गरेर सुधार गरिने बताउनुभयो ।

उहाले अव सरकारको नेतृत्व रास्वपाले गर्दौ गर्दा प्रत्येक नेपाली नागरिकले देखेको सपनालाई पुरा गर्ने जिम्मेवारी समेत रास्वपाको भएको उल्लेख गर्नुभयो । पराजुलीले २७ हजार ८ सय ५ मत प्राप्त गरि काठमाडौं–७ बाट निर्वाचित हुनुभएको हो ।