इटहरी । काठमाडौं क्षेत्र नंवर ९ बाट निर्वाचित हुनुभएका रास्वपाका उपसभापति डिपि अर्यालले आफ्नो पार्टीको उम्मेदवारसंग भएको क्षमतालाई हेरेर जनताले विश्वास गरेको बताउनुभएको छ ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिदै अर्यालले कसैको मुख हेरेर नभइ उम्मेदवारसंग भएको ईमान्दारीता, क्षमता र दुरदर्शीतालाई हेरेर जनताले विश्वास गरेको बताउनुभएको हो ।

उहाले आफुलाई मत दिने मतदाताको भावनालाई उच्च कदर गर्दै जनताको भावना अनुसार अघि बढ्ने उल्लेख गर्नुभयो । जनताले आफुहरुलाई न्याय दिएको भन्दै उहाले अन्याय नहुने गरि काम गर्ने प्रतिवद्धता समेत जनाउनुभयो । ३५ हजार ९३ मत प्राप्त गरेर अर्याल काठमाडौं ९ बाट बिजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका नानुमैया बास्तोलाले पाँच हजार चार सय ६० मत प्राप्त गर्नुभएको छ । काठमाडौंको १० वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार बिजयी भएका छन् ।