काठमाडौं। पूर्वमन्त्री सुमना श्रेष्ठ ले जेन–जी आन्दोलन सम्बन्धी छानबिन आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेकी छन्।
आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले आन्दोलनका क्रममा भएका घटनाबारे सत्य जनतासामु आउनुपर्ने बताइन्। २३ भदौमा कसले गोली चलायो र २४ भदौमा कसले सिंहदरबारमा आगजनी गर्यो भन्ने विषय स्पष्ट हुनुपर्ने उनको भनाइ छ।
श्रेष्ठले नागरिकले विश्वास गरेको सरकारले प्रतिवेदन सार्वजनिक गरेर पारदर्शिता कायम गर्नुपर्ने बताइन्। आन्दोलनका क्रममा ज्यान गुमाएका र घाइते भएका युवाहरूको भावनालाई सम्बोधन गर्न पनि प्रतिवेदन सार्वजनिक आवश्यक रहेको उनले उल्लेख गरिन्।
यसअघि गठन भएका आयोगहरूको प्रतिवेदन जस्तै दराजमा थन्क्याएर नराख्न पनि उनले सरकारलाई आग्रह गरेकी छन्।


