संखुवासभा । मादी नगरपालिका–६ पुलुङस्थित दीप ज्योति  युवा क्लबको आयोजनामा रामनवमी पर्वको अवसरमा “पाँचौँ रामनवमी आमन्त्रित अन्तरपालिका खुल्ला वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता २०८२” सञ्चालन हुने भएको छ ।

“मादी नगरको द्वार, शान्ति र समृद्ध मादी नगर, खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान” भन्ने मूल नारासहित आयोजना हुन लागेको प्रतियोगिता २०८२ साल चैत्र ४ गतेदेखि ७ गतेसम्म मादी नगरपालिका–६ पुलुङमा सञ्चालन हुने  खेल संयोजक राजेश राईले जानकारी दिए । 

प्रतियोगिताका विजेता टोलीलाई रु. ६१ हजार १११ नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने र   उपविजेतालाई रु. ३१ हजार १११ नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गर्ने दीप ज्योति युवा क्लबका सचीव गौरव खातीले जानकारी दिएका छन ।  साथै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको क्लबले जनाएको छ ।

क्लबका अनुसार प्रतियोगितालाई सभ्य, भव्य र आकर्षक रूपमा सम्पन्न गर्न आवश्यक आर्थिक, भौतिक तथा भावनात्मक सहयोगका लागि सबै सरोकारवाला तथा खेलप्रेमीमा हार्दिक अपिल गरिएको छ । क्लबको दीर्घकालीन विकास तथा स्थायी खेलमैदान तथा भवन निर्माणका लागि जग्गा खरिद गर्ने उद्देश्यले आर्थिक स्रोत संकलन समेत गरिने अध्यक्ष दिपक कार्कीले जानकारी दिनु भएको छ । 

खेलकुदमार्फत स्थानीय युवालाई खेल क्षेत्रमा प्रोत्साहन गर्ने र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता हुँदै आएको छ ।

 दीपज्योती युवा क्लब २०७६ सालमा स्थापना भई मादी क्षेत्रमा खेलकुद तथा सामाजिक गतिविधिमा सक्रिय रूपमा काम गर्दै आएको छ । 

थप जानकारी तल जस्ताको त्यस्तै 

Messenger_creation_49A06CCA-A082-4398-AB42-A7547495C61F


सहयोगका लागि अपिल गरिएको छ । 


Messenger_creation_146CA96F-1B54-47B7-9FFD-82D8BCA01D29

 खेलबारे पुर्ण जानकारी ।

Messenger_creation_9C76FC16-BA11-4012-AB90-C06A7105B7A5