इटहरी । किण्डरपिलर एकेडेमी इटहरीको १० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस बिहिबार सम्पन्न भएको छ । विद्यालयकी प्रिन्सिपल देबी आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गीत, अभिनय र रोल–प्ले जस्ता विविध सांस्कृतिक प्रस्तुति दिएका थिए ।
कार्यक्रममा बालबालिकाको आत्मविश्वास, प्रतिभा र सिर्जनशीलता झल्किने प्रस्तुति देखेर अभिभावक तथा अतिथिहरू उत्साहित बनेका थिए । कार्यक्रममा बोल्दै विद्यालयकी प्रिन्सिपल देवी आचार्यले यस्ता गतिविधिले बालबालिकाको प्रतिभा उजागर गर्न, आत्मविश्वास बढाउन तथा समग्र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
विद्यालयले पढाइसँगै अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकता दिँदै आएको उहाँले उल्लेख गर्नुभयो । कार्यक्रमको प्रमुख अतिथिका रूपमा प्याब्सन सुनसरी अध्यक्ष थानेश्वर ढकाल रहनुभएको थियो ।
कार्यक्रममा हिसान केन्द्रीय उपाध्यक्ष मुकन्द घिमिरे, एन प्याब्सन इटहरीका पुष्प अधिकारी, हिसान इटहरी संयोजक केशव भटराई, प्रिमियर कलेज इटहरीका सिइयो सुनिल भुषाल, नागरिक समाज इटहरीका महासचिव सुरेन्द्र तामाङ लगायतका अतिथीहरुको सहभागीता रहेको थियो ।


