इटहरी । इटहरीमा कार्यरत सञ्चारकर्मीहरू भेला भई सञ्चारमाध्यमको समस्या, सम्भावना र गर्नुपर्ने कामबारे छलफल गरिएको छ । शुक्रबार इटहरीको त्रियुगा होटलमा सञ्चारकर्मीहरूसँग मिडियाका चुनौती, अवसर, र विभिन्न क्षेत्रले गर्नुपर्ने कामहरूमा विचार मन्थन गरेका थिए ।
कार्यक्रममा भोलिका दिनमा मिडियालाई कसरी अघि बढाउने र सञ्चारकर्मीहरूको विकास कसरी गर्ने भन्ने विषयमा सहयोग र सहकार्यको सम्भावना समेत केलाइएको थियो । साथै, स्थानीय तह, सरकार र संघसंस्थासँग सहकार्य गर्दै इटहरीको दिगो विकासमा मिडियाले योगदान दिन सक्ने उपायहरूमा पनि योजना बनाइएको छ ।
विकास पत्रकारिता तालिम देखि प्राविधिक सीप साटासाट सम्मका गतिविधिहरूमा छलफल केन्द्रित रहेको थियो । सञ्चारकर्मीहरूले दिगो विकासका लागि कलम दह्रो र सक्षम हुनुपर्नेमा जोड दिए ।
चुनौतीहरू भए पनि सम्भावना र सकारात्मक परिणामका लागि सहकार्य आवश्यक रहेको बताइएको छ ।


