काठमाडौं । विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुर मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार झापा गौरादह नगरपालिका–५ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–४ सुकेधारामा बस्दै आएका ४३ वर्षीय रविरत्न चुडाल पक्राउ परेका हुन्।
प्रहरीका अनुसार “साङ्केतिक नाम ०८२ धरान–३८” को जाहेरीका आधारमा नेपाल सरकार वादी र रविरत्न चुडाल प्रतिवादी रहेको विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुर मुद्दामा फरार रहेका उनलाई काठमाडौँको सुकेधाराबाट नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका चुडाललाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय धरान, सुनसरी पठाइएको प्रहरी उपरीक्षक भट्टले जानकारी दिए।
प्रहरी अनुसन्धानका क्रममा चुडालविरुद्ध यसअघि पनि २०६७ जेठ १९ गते लागुऔषध नियन्त्रण ब्यूरोबाट लागुऔषध ९चरेस० सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको खुल्न आएको प्रहरीले जनाएको छ।


