इटहरी । सरस्वती तेक्वन्दो डोजाङको आयोजनामा तेस्रो सुनसरी–मोरङ अन्तरविद्यालय स्तरीय तेक्वन्दो प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा कबिर तेक्वन्दो डोजाङ, प्रथमः कबिर तेक्वन्दो डोजाङ दोस्रो र ब्लेस तेक्वन्दो डोजाङ सुनसरी तेस्रो भएको छ । प्रतियोगितामा सुनसरी र मोरङ जिल्लाका १८ वटा विद्यालयबाट १ सय ५० भन्दा बढी खेलाडीहरू सहभागी भएका थिए । प्रतियोगिताको विजेताहरुलाई मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
सरस्वती तेक्वन्दो डोजाङका डोजाङ प्रमुख विष्णु श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न प्रतियोगितामा प्रमुख अतिथिका रूपमा इटहरी उपमहानगरपालिका वडा नं. १६ का अध्यक्ष तेज नारायण चौधरी उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी विशिष्ट अतिथिहरूमा नेपाल आदिवासी जनजाति महासंघ इटहरी उपमहानगर समिति अध्यक्ष चिराहाङ राई तथा आदिवासी जनजाति युवा महासंघ नेपाल, प्रदेश नं. १ का अध्यक्ष कमल राना मगर रहनु भएको थियो।
कार्यक्रममा अतिथिका रूपमा सरस्वती स्कुलका प्रधानाध्यापक मात्रिका प्रसाद भट्टराई, आदिवासी जनजाति युवा महासंघ नेपाल इटहरी उपमहानगर समिति अध्यक्ष रोशन श्रेष्ठ, तथा राष्ट्रिय तेक्वन्दो संघका प्रमुख प्रशिक्षक हरि बुढाथोकी लगायत अभिभावकहरूको पनि उपस्थिति रहेको थियो।
प्रतियोगितामा निर्णायक (जुरी) का रूपमा खगेन्द्र कटुवाल र द्वारिका रेग्मी रहनु भएको थियो भने रेफ्रीहरूमा यम कुमार राई, अमन श्रेष्ठ, सञ्जु मगर, सोनिका खड्का, अमर बञ्जन, आकाश चौधरी, शक्ति झा र अर्जुन भुजेल रहनु भएको थियो।

