इटहरी । फुजिसान सागरमाथा बोर्डिङ स्कूलले हालै आफ्नो वार्षिक डान्सिङ शो, सिजन ३ (२०८२) आयोजना गरेको छ ।

प्रतियोगितामा जूनियर (कक्षा १–५) र सिनियर (कक्षा ६–९) दुई वर्गमा प्रतिस्पर्धा भएको थियो । जूनियर तर्फको विजेता अनुश्का श्रेष्ठ बन्न सफल हुँदा प्रथम रनर–अप दिव्या  मगर र दोस्रो रनर–अप एन्जेल लामगदे भएका छन् ।

त्यस्तै सिनियर तर्फको विजेता नाम्साङ राई बन्दा प्रथम रनर–अप आदित्य क्षेत्री र दोस्रो रनर–अप ऋतिका गिरी बनेका छन्। विजेताले पुरस्कार स्वरूप प्रमाणपत्र प्राप्त गरेका थिए ।

कार्यक्रममा अतिथि गायक रेमन पुवास मगर, निर्णायकमा सनीश राई र युना सामल मगरको उपस्थिति रहेको थियो । विद्यालयका अध्यक्ष लाल बहादुर श्रेष्ठ र प्रधानाध्यापक राकेश श्रेष्ठको नेतृत्वमा यो कार्यक्रम सम्पन्न भएको थियो ।